नियम
सूचना दिने
यी नियमहरू बमोजिम कुनै गाउ“ विकास समिति वा नगरपालिका अन्तर्गतको क्षेत्रको जग्गा कमाउने जग्गावाला र मोहीहरूको लगत लिनु भन्दा अगावै जिल्ला भूमिसुधार अधिकारी वा निज मातहतको भूमिसुधार टोलीले सो कुराको सूचना सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिकाको क्षेत्र भित्र सबैले देख्ने ठाउ“मा टा“सी र अन्य उपाय द्वारा समेत स्थानीय जनतालाई जानकारी गराउनु पर्दछ र स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाका अध्यक्ष वा प्रमुखलाई चाँहि लिखित सूचना दिनु पर्दछ ।